आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु

बिहीबार, २४ फागुन २०८०, ०७ : ३४
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ । बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्मको कथा त्यही गाउँको बुनिएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गर्न लागेको फिल्म साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गर्न लागेका हुन् । निर्माणमा अभिनेत्री खड्कालाई उनका पति निर्देशक निश्चल बस्नेतले सघाएका छन् ।

स्वस्तिमा र निश्चलको मुख्य अभिनय रहने फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । फिल्मलाई आगामी वर्ष २०८१ को दसैँमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । आकाशले यसअघि निश्चल निर्देशित फिल्म ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । आकाश र साजन दुवैले ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्म नयाँ बर्षमा प्रदर्शन हुनेछ ।

swastima2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप