बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोशीको साढे ९ महिनाको अनुभव : विगतको तुलनामा फलदायी रह्यो

बुधबार, २३ फागुन २०८०, २१ : ४७
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । बागमती प्रदेशका निर्वतमान मन्त्री उत्तम जोशीले साढे ९ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले । २०८० जेठ ७ मा नेपाली कांग्रेसबाट मन्त्री नियुक्त भएका उनले स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न र सहज सेवा प्रवाहमा आफूले भूमिका खेल्न सकेको अनुभव गरेको बताए ।

राजनीतिक र कर्मचारीहरूको समस्या कारण केही अप्ठेरा परिस्थितीहरुलाई समाधान गर्दै अघि बढ्न सफल भएको उनले बताए । नागरिकको सानोभन्दा सानो गुनासोलाई पनि गहन रुपमा अध्ययन गरेर काम गर्दा आफ्नो कार्यकालमा थुप्रै कामहरु गर्न सफल भएको उनले बताए ।

उनका अनुसार विगतको सरकारको तुलनामा आफ्नो साँढे ९ महिनाको कार्यकाल निकै फलदायी रहेको बताए । आफू मन्त्री नियुक्त भएदेखि प्रदेश सरकारलाई सफल बनाउन विभिन्न योजनाका साथ काम गर्दै अघि बढेको उनको भनाई छ । मन्त्री निष्पक्ष र पारदर्शी भएर काम गर्ने इच्छाशक्ति भएका असहज वातावरणमा पनि काम गर्न सकिन्छ भन्ने आफूले अनुभव गरेको उनले बताए । नागरिकको सेवामा समर्पित भएर सुशासन र आर्थिक मितव्ययिता कायम गर्ने सके सबै चुनौतीहरूको सहजै सामना गर्न सकिने उनले बताए ।

आफ्ना अनुभव सुनाउँदै मन्त्री जोशी भन्छन्,‘बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा ९ महिनाको अवधि महत्त्वपूर्ण रह्यो । एक हिसाबले सो अवधिमा स्वास्थ्य सेवाको क्षेत्रमा ठुलै फड्को मार्न सकियो । काम गर्ने क्रममा समीक्षा र रिपोर्टिङ अत्यन्त जरुरी रहन्छ । नागरिकको गुनासो सहज, सुलभ र स्तरीय सेवा रहेकाले त्यसमा खरो उत्रन जरुरी हुन्छ ।’

९ महिना १६ दिन प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बहन गरेका उनले आफ्नो कार्यकाल सन्तोषजनक रहेको उनले बताए । केही समय राजनीतिक परिवेशका कारण कर्मचारी व्यवस्थापनमा झन्झट व्यहोरेका उनले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्कदेखि सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धारका योजना कार्यान्वयनमा ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप