माओवादी स्थायी समिति बैठक सर्यो
बुधबार, २३ फागुन २०८०, १९ : ०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएको छ । फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरूको कार्यविभाजन, विधान संशोधन लगायत विषयमा छलफल गर्न फागुन २८ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
तर एकाएक समीकरण बदलिएपछि बैठक स्थगित भएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् । रोकाका अनुसार बैठक चैत १ गते बस्नेछ ।
‘नयाँ विकसित घटनाक्रमका कारण फागुन २८ को बैठक स्थगित गरी चैत १ गते बोलाइएको छ’, उनले जानकारी दिइन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान