भारतमा ब्राजिलियन महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

नयाँ दिल्ली । भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको छ ।
यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा मोटरसाइकलमा वर्ल्ड टुरमा निस्किएकी थिइन् । यस घटनामा फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले लगातार छापा मारिरहेको थियो ।
यस घटनामा प्रहरीले अहिलेसम्म आठ जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । सामूहिक बलात्कारको घटनापछि चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर ती महिला मोटरसाइकलमै नेपाल आएको बताइएको छ । पीडित र उनको श्रीमान् ट्राभल भ्लगर हुन् ।
पीडित महिलाका पतिले इन्ष्टाग्राममा स्पेनी भाषामा पोस्ट गरिएको एक भिडियोमा बताएअनुसार उनीहरुले गर्धनमा चक्कु तेर्स्याएर बलात्कार गरेका थिए । तर पछि सो भिडियो डिलिट गरिएको थियो । शुक्रवार राति जङ्गलमा क्याम्पिङ गरेर बसेको बेलामा सो घटना भएको थियो । बलात्कारको घटना भएको केही बेरपछि गस्तीमा आएको प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए । यो घटनाको पुष्टि प्रहरी र डाक्टर दुवैले गरेका थिए ।
बलात्कारका घटना न्यूनीकरण गर्न भारत सरकार असफल भइरहेको छ । सन् २०२२ मात्रै त्यहाँ साढे ३१ हजारभन्दा धेरै बलात्कारका घटना भएका थिए । यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले धेरै हो । भारतमा पयर्टकहरु समेत बलात्कारमा पर्न थालेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति