नयाँ समीकरण
एमाले रघुवीरको नेतृत्वमा सरकारमा जाने
शपथको तयारीबिच जनकपुरबाट काठमाडौँ आइपुगे
बुधबार, २३ फागुन २०८०, १४ : ०९

काठमाडौँ । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
स्रोतका अनुसार एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका छन् । उनी फर्किए लगत्तै शपथ हुन सक्ने भनेर ‘स्ट्यान्ड बाई’ बस्न महासेठ लगायतका नेताहरूलाई खबर छाडेका छन् । यस्तो खबर पाएपछि महासेठ अहिले भर्खरै जनकपुरबाट काठमाडौँ ओर्लेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको रविको दाबीबारे के भन्छन् पूर्वमहामन्त्री ढकाल ?
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)
-
अफगानिस्तानलाई हराउन नेपालले १६९ रन बनाउनुपर्ने
-
रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक
-
दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’
-
प्यालेष्टिनी स्वास्थ्यकर्मीको हत्यामा त्रुटि भएको इजरायलले स्वीकार्यो