करारका कर्मचारीको म्याद थप गर्ने निर्णय
बुधबार, २३ फागुन २०८०, १३ : १८

विराटनगर । कोशी प्रदश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परी जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालयले पेस गरेको ‘एजेन्डा’ स्वीकृत गर्नाका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले प्रदेशको नामकरणका विषयमा सङ्घर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?