सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता
![सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता](https://npcdn.ratopati.com/media/news/kamal-shaha_0RutlHphPL.jpg)
कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता मानबहादुर धामीले रातोपाटीलाई जानकारी दिए ।
माओवादीले शाह नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष सम्ममा पनि सुशासन, विकास र जनतामा आशा जगाउन पूर्णतः असफल भएको ठहर गरेको छ ।
‘संसद्लाई बिजनेस दिन, नयाँ विधेयक, ऐन र कानुनहरू निर्माण गर्नमा समेत सरकार असफल भएको छ’, दलको बैठकपछि जारी विज्ञप्तिमा माओवादीले भनेको छ । यो प्रदेशमा माओवादीका मन्त्रीहरू पदमुक्त भैसकेका छन् । ‘देशको राजनीतिमा आएको परिवर्तन र सरकारले नै हाम्रा दलका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई पदमुक्त गरिसकेको अवस्थामा वर्तमान सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै कारण नै रहेन’, दलका नेता धामीले भनेका छन्, ‘अतः आज मिति २०८० /११ /२३ गते देखि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवगत गराउँदै यो प्रेस वक्तव्य जारी गरिएको छ ।’
सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म