बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
![बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा](https://npcdn.ratopati.com/media/news/mukhin_C8GUmOkm33.jpg)
काठमाडौं । जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो ।
म्युनिख समग्रमा बार्यन ३–१ को नजिताका साथ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पहिलो लेगमा लाजियोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेर बार्यनलाई पराजित गरेको थियो । दोस्रो लेगमा भने बार्यनले शानदार प्रदर्शनमार्फत सहज जित निकाल्यो । बार्यनको जितमा हेरि केनले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपेका थिए ।
केनले ३८ औँ मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मुलरले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनाएको थियो । यस्तै, ६६ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ३–० को जित निकाल्न सफल भयो । पहिलो र दोस्रो लेगको नतिजाका आधारमा बार्यन म्युनि अन्ततः ३–१ को नतिजाका साज अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता