माधव नेपाल भेट्न पुगे राजेन्द्र लिङ्देन
मङ्गलबार, २२ फागुन २०८०, २१ : ०४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका छन् । राप्रपा स्रोतका अनुसार मंगलबार साँझ उनी नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वरस्थित निवासमा पुगेका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेपछि उनी कोटेश्वर पुगेको बताइएको छ । नेपाल केही दिनयता सामान्य बिरामी रहेका छन् । यद्यपि बिरामीका बिच उनले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिइरहेका छन् ।
सत्ता समीकरणमा बदलाव आएसँगै नेपाल असन्तुष्ट बनेको भनिएको बेला आजै प्रचण्ड र ओलीले गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । नेपालले त्यसमा सकारात्मक जवाफ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?