धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते (सूची)
बारा । बारामा मंगलबार अपराह्न भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२२, ३ नं. पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो ।
बसमा २३ जना यात्रु सवार रहेका थिए । उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ । १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडा सरकारी अस्पतालमा उपचार भइरहेको :
१. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नवराज लामाको छोरीअं.वर्ष ९ की क्षेसन लामा,हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको (अवस्था मध्यम)
२. ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को बिष्णु लामा(अवस्था मध्यम)
३. जिल्ला सुनसरी, बिराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर (अवस्था सामान्य)
४. जिल्ला चितवन, भरतपुर म.न.पा. ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर चिउडोमा चोट (अबस्था सामान्य)
५. ऐ.ऐ. बस्ने अं. वर्ष४०कि कविता ठाकुर बायां हातमा चोट (अबस्था सामान्य)
६. जिल्ला चितवन, भ.म.न.पा. १० बस्ने अं.वर्ष २८ की राखी शाह (अवस्था मध्यम)
७. ऐ. वडा नं. १० कैलाशनगर बस्ने अं. वर्ष २१ की अस्मि शाह (अवस्था सामान्य)
८. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ पदमपोखरी बस्ने अं. वर्ष२४ की सबिना घलान (अवस्था मध्यम)
९. ऐ.ऐ. बस्ने २४ की सबिना घलानकोअं.१८ महिनाको प्रियान्स घलान (अवस्था मध्यम)
१०. जिल्ला मकवानपुर। थाहा. न.पा. ३ बस्ने अं. वर्ष२३ की दिल कुमारी बि.क. (अवस्था मध्यम)
११. जिल्ला धनुषा सहित न.पा. २ बस्ने अं. वर्ष३२ कि प्रिंयका यादव टाउको र खुट्टामा चोट (अबस्था मध्यम)
१२. ऐ.ऐ. बस्ने अं. वर्ष४१ को रन्जित यादब कम्मरमा चोट (अबस्था सामान्य)
१३. ऐ.ऐ. बस्ने अं. वर्ष६५ कि शान्ति देवी यादव छात्तिमा चोट अनुहार (अबस्था मध्यम)
१४. जिल्ला पर्सा बिरगंज श्रीपुर बस्ने अं. वर्ष५० को दुखन खातुन बाया हातमा चोट (अबस्था सामान्य)
१५. ऐ.ऐ. बस्ने अं. वर्ष५ कि जोया खातुन हात र खुट्टामा चोट (अबस्था सामान्य)
१६. जिल्ला सर्लाही हरिवन न.पा. ८ बस्ने अं. वर्ष४३ को पर्बत भट्टराई नाकमा छात्तिमा चोट (अबस्था सामान्य)
१७. जिल्ला सर्लाही बस्ने अं. वर्ष१६ कि रेनुका खड्का ढाडमा चोट (अबस्था मध्यम)
१८. जिल्ला सर्लाही लालबन्दी बस्ने अं. वर्ष२६ कि निशु खड्का अनुहारमा चोट (अबस्था गम्भिर)
सामान्य घाईते भई उपचार पश्चात् घर पठाइएको :
१. जिल्ला सर्लाही हरिपुर न.पा.०२ बस्ने अ.बर्ष ४२ को रितेश पुलामिको टाउको र खुट्टामा (सामान्य चोट)
२. जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ बस्ने अ.बर्ष ४३ को जाकिर हुशेनको हात र खुट्टामा (सामान्य चोट)
३. ऐ.ऐ. ०१ बस्ने अ.बर्ष १६ की अन्जलि शाहको हात र खुट्टामा (सामान्य चोट)
४. जिल्ला सर्लाही कबिलासी गा.पा ०८ बस्ने अ.बर्ष ४८ की मिना महतोको हात र खुट्टामा (सामान्य चोट)
५. जिल्ला मोहत्तरी बर्दिवास न.पा.०२ बस्ने अ.बर्ष ३० को अर्जुण ठाकुरको हात र खुट्टामा (सामान्य चोट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’