प्रहरी हौँ भन्दै क्याफेमा लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका-१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका-९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने विनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका-५ डेरा गरी बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ घर भएका ३७ वर्षीय प्रेम राई रहेका छन् ।
उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरी सकेपश्चात हामी प्रहरी हौँ भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २१ हजार ४ सय ७० रुपैयाँ, मोबाइलहरू, सेट १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ