२.२५ लिटर र १.५ लिटर कोका–कोला खरिद गर्दा २५० मिलिलिटर निःशुल्क

काठमाडौँ । कोका–कोलाले उपभोक्ताहरूको लागि विशेष क्याम्पेन ल्याएको छ । कोकाकोलाले घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने लक्ष्यसहित क्याम्पेन ल्याएको हो ।
कम्पनीले क्याम्पेनअन्तर्गत २.२५ लिटर र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको बताइएको छ । जुन, धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ ।
कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सधैँ आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ ।’
यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको छ । यस अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिने कम्पनीले विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ