लागु औषधसहित वीरगन्जबाट ४ जना पक्राउ

वीरगन्ज । पर्सामा लागु औषधसहित ४ जना पक्राउ परेका छन् । प्रहरी गस्तीको टोलीले फरक फरक ठाउँबाट एकै दिन ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
पर्साबाट प्रहरीले लागु औषध खैरो हेरोइनसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ३ कटानी बस्ने वर्ष ३२ को भीम बहादुर वाइबा र सोही ठाउँका २५ वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जनाए ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका सवारीसाधन तथा पैदल यात्रीहरूलाई जाँच गर्दा पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट प्र २–०३–००८ प १४३४ नम्बरको स्कुटीका चालक भिमले लगाएको हेल्मेटभित्र लुकाई छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रवक्ता थापाको भनाइ छ । उनको साथबाट प्लास्टिकबाहेक १२ ग्राम २४० मिलीग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यसैगरी आजै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१६ शंकाराचार्य गेट नजिकैबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित दुई जना युवकहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता थापाले जनाए ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बस्ने ३२ वर्षका गणेश घिमिरे र मकवानपुरकै बकैया गाउँपालिका–५ बस्ने ३५ वर्षका विकास भोलन रहेका उनले बताए ।
प्रहरीले गणेशको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र बिकासले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाईछिपाइ राखिएको लागु औषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला पारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ