आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ओमोडा इ फाइभको वाटर वेडिङ र  अण्डरबडी स्क्रापिङ परीक्षण

मङ्गलबार, २२ फागुन २०८०, १५ : ०६
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । विद्युतीय मोटर, विद्युतीय गाडीको मुटु हो । यस्ता गाडीका निम्ति विद्युतीय सुरक्षा नै साँचो अर्थमा सुरक्षा हो । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुई वटा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । जसअनुसार गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिङ परीक्षण गरिएको हो ।  

पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । 
यस्तै अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको कम्पनीले जनाएको छ । 

 यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षती नपुगेको कम्पनीले जनाएको छ ।  ‘जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षती पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ’, कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप