मन्त्री निवास छाड्दै किरातीले भने, ‘पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारी निवास छाडेका छन् । उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी रहेको जिकिर गरेका हुन् ।
उनले ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको बताएका छन् । आफूलाई सेवाको अवसर प्रदान गरेकोमा प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूले सुरुवात गरेको कामलाई नयाँ मन्त्रीले निरन्तरता दिनेमा आशा व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सरकारले दिएको निवास छोडेर जाँदै छु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कँदा खुसी छु । मेरो आमाले भन्नुहुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो’ ।
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री "प्रचण्ड", मेरो पार्टी, मलाई मत दिनुहुने मतदाताहरू र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोसिस गरेका छौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
मैले यहाँ बस्दा मेरो बुबाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरू पटक पटक देखे र राजनीतिक मृत्युलाई मैले छल्न सके तर प्राण लिने मृत्युलाई बुबाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ