सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन् । नयाँ राजनीतिक समीकरणअनुसार माओवादी र एमालेसहितको ४ दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई हटाएका हुन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले ती मन्त्रालय आफै मार्फत राखेको जानकारी गराए ।
एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई भने चलाएका छैनन् । सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्री शाहलाई बहुमत पुग्छ । सोही पनि मुख्यमन्त्री शाहले समाजवादी र नाउपाका मन्त्रीहरुलाई हालसम्म नचलाएका हुन् ।
मुख्यमन्त्री शाहको पद पनि धरापमा रहेको छ । नयाँ समीकरणमा नाउपाले समर्थन जनाएको अवस्थामा मुख्यमन्त्री शाहको पद धराप पर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी