दुर्गम गाउँमा काम गर्नेलाई साढे २ करोड रुपैयाँ तलब

स्टकहोम । स्टकल्यान्डको सुदूरमा रहेको हेब्रिदियन टापुहरू उइष्ट र बेनबेकुलाले टापुमै आएर बस्ने डाक्टरहरूलाई वार्षिक १ लाख ५० हजार पाउन्ड स्टर्लिङ (करिब २ करोड ५२ लाख नेपाली रुपैयाँ) दिने भएको छ । यो टापु नजिकैको एउटा प्राथमिक विद्यालयमा पढ्ने ५ जना र नर्सरीमा पढ्ने २ विद्यार्थीका लागि अभिभावकहरूले नयाँ शिक्षक पनि खोजिरहेका छन् ।
शिक्षकको तलब सुविधा भने वार्षिक ६८ हजार पाउन्ड (सवा १ करोड नेपाली रुपैयाँ) रहेको छ । यी रिक्त पदका लागि कर्मचारी भर्तीमा देखिएको सकस बेलायतका दुर्गम क्षेत्रमा चरम कर्मचारी अभावका केही दृष्टान्त मात्रै हुन् । यी गाउँमा बस्ने बासिन्दाका लागि यो काम मात्रै होइन । नयाँ मान्छे ल्याएर लामो समयसम्म आफूसँगै बसाल्नु पनि हो । यी गाउँहरू अति नै दुर्गम ठाउँमा छन् । यी दुई टापु गाउँको जनसङ्ख्या जम्मा ४ हजार ७०० मात्रै छ ।
तर यी ठाउँमा गएर काम गर्ने मान्छे पाउनै मुस्किल छ । इच्छुकहरुरूलाई आकर्षित गर्न वार्षिक तलब बाहेक बसाई सराई खर्च भनेर अतिरिक्त १० हजार पाउन्ड (१६ लाख ८४ हजार नेपाली रुपैयाँ) पनि दिने घोषणा गरिएको छ । टापुमा आएर काम गर्न विश्वको जुनसुकै कुनाको मान्छेले पनि आवेदन दिन सक्ने बताइएको छ । तर आउने व्यक्ति लामो समयसम्म त्यही बसेर काम गर्छु भन्ने हुनु पर्ने बताइएको छ । यी पदका लागि केहीले इच्छा देखाएका छन् । तर कर्मचारी भर्ती प्रक्रिया अझै पनि जारी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार