बालिका बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, २२ फागुन २०८०, १३ : ००

काठमाडौँ । प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बाट बलात्कारमा संलग्न आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर–८ स्थित फुलजोर घर भएका टेके सार्की रम्तेल छन् ।
वैशाख ७ मा आरोपीले फुलजोर खोलामा राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
बलात्कृत बालिकाले पुस १५ मा छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको फागुन १६ मा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको छ । घटनाबारे माघ १८ मा पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
आरोपीलाई फागुन १९ मा पक्राउ गरेर १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । आरोपीले अनुसन्धान अधिकृतहरूसँग बलात्कार स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक