टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
आक्रामक ब्याटिङ गरेका कुशल मल्ल २६ रन बनाउँदै पेभेलियन फर्किए
मङ्गलबार, २२ फागुन २०८०, १२ : ५३

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् ।
उनलाई डच बलर साइब्रान्डले विक्रमजित सिंहद्वारा क्याच गराएका हुन् । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल