राजनीति
प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक
मङ्गलबार, २२ फागुन २०८०, १२ : ३६

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।
तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । नेता श्रेष्ठले सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय