युरोपमा एप्पललाई २ अर्ब डलर जरिवाना
![युरोपमा एप्पललाई २ अर्ब डलर जरिवाना](https://npcdn.ratopati.com/media/news/gettyimages-1233522889_dJZxT0RedM.webp)
ब्रसेल्स । युरोपेली संघ (ईयू)ले अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पललाई २ अर्ब डलर जरिवाना लगाएको छ । प्रतिस्पर्धा खुम्च्याउन नहुने कानुन उल्लङ्घन गरेपछि सोमबार ईयूले कम्पनीमाथि उक्त रकम जरिवाना तिर्न आदेश दिएको हो । एकाधिकार विरोधी नियम मिचेको मामिलामा ईयूले एप्पलमाथि जरिवाना लगाएको यो पहिलो पटक हो ।
स्पटीफाई लगायत प्रतिस्पर्धी म्युजिक स्ट्रिमिङ सेवाहरूलाई एप्पलको एप स्टोरबाहिर सस्तो खालको सेवा पनि किन्न सकिन्छ है भनेर आइफोन प्रयोगकर्तालाई भन्न रोकेको थियो । एप्पलले बजारमा आफ्नो दबदबाको दुरुपयोग गरेको ईयूको प्रतिस्पर्धा तथा डिजिटल प्रमुख मार्गरेथ भेष्तागरले बताएकी छिन् । कम्पनीको यो हर्कतका कारण युरोपेली प्रयोगकर्ताहरूसामु कहाँ, कसरी र कुन मूल्यमा म्युजिक स्ट्रिमिङ सब्सक्रिप्शन किन्ने खुला विकल्प नभएको भेष्तागरले भनेकी छिन् ।
यो कार्य गैर कानुनी भएको र यसले युरोपको दसौँ लाख उपभोक्ता प्रभावित भएको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन् । एप्पलले अहिले आईओएस यूजरहरूलाई एप बाहिर सस्तो खालको म्युजिक स्ट्रिम गर्ने सेवा उपलब्ध छ भनेर सूचित गर्न एप डेभलपरहरूलाई बन्देज लगाएको छ । यो जरिवाना विरुद्ध एप्पलले पुनरावेदन अदालतमा जाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा