१९ बलमा २५ रन बनाउँदै आउट भए कप्तान रोहित

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी २५ रन बनाउँदै पेभेलियन फर्किए ।
आउट हुनुअघि रोहितले १९ बलमा एक छक्का र तीन चौका हिर्काए । उनलाई डच बलर माइकल लेभिटले कप्तान स्कट एडवार्डद्वारा क्याच गराएका हुन् । ९.२ ओभरमा रोहित आउट हुँदा नेपालले ८२ रन बनाएको छ ।
त्यसअघि नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी २० रन बनाउँदै आउट भएका थिए । यस क्रममा उनले केवल १० बलमा दुई छक्का र एक चौका पनि प्रहार गरेका थिए । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका बलर भान डर गुटेनले बोल्ड गरेका थिए । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले २३ रन बनाएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल