राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताएका छन् । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्दै उनले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताए । उनले भने, “समाजमा रहेका अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ ।”
धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भने, “कैलाश मानसरोवरलाई गन्तव्य बनाउनेगरी सर्किट तयार गनुर्पछ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पयर्टन समृद्धिको माध्यम हो ।” मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उहाँको भनाइ थियो ।
महायज्ञमा सांसद हृदयराम थानी, सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा
-
बागमती प्रदेश लिग फुटबल : काठमाडौँको विजय सुरुवात
-
सरकारको काममा सुधार गर्न आवश्यक छ, सहकारी ठगीमा पक्षपातपूर्ण व्यवहार भयो भन्नु गलत : एमाले
-
एमालेले खोस्यो भीम रावलको संगठित सदस्यता
-
एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी
-
एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार