माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो साबित : शेखर कोइराला
_IjlC0XWplN.jpg)
काठमाडौँ । नयाँ सत्ता गठबन्धन भएसँगै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रलगायत पार्टीसँगको विगतमा भएको गठबन्धन कांग्रेसलाई महँगो साबित भएको बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना भने सामान्य नभएको दाबी गरेका छन् ।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ उनले ट्विटरमा भनेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’
सत्ता गठबन्धन तोडिनुमा कांग्रेस नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का गरेका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उनले भनेका छन् ।
डा. कोइराला माओवादी केन्द्रसँगको गठबन्धनको विगतदेखि नै विरोधीका रूपमा चिनिँदै आएका छन् । उनी कोशी प्रदेशमा सत्ता गठबन्धन विरुद्ध उम्मेदवार खडा गरी आफू निकटलाई मुख्यमन्त्री बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?