सेफिल्डको पोष्टमा आर्सनलको आधा दर्जन गोल

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार सातौँ जित हासिल गरेको छ । आर्सनलले सोमबार राति खेलिएको खेलमा सेफिल्ड युनाइटेडलाई ६–० गोलले हरायो ।
जितसँगै आर्सनलले म्यानचेस्टर सिटीसँगको दूरीलाई एक र लिग लिडर लिभरपुलसँगको दुरीलाई दुई अंकमा झारेको छ । आर्सनलले पहिलो हाफमा पाँच र दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेल सुरु भएको पाँचौँ मिनेटमै आर्सनलका लागि मार्टिन ओडेगार्डले पहिलो गोल गरेका थिए । १३औँ मिनेटमा सेफिल्डका जेडन बोग्लीबाट आत्मघाति गोल भएपछि आर्सनल २–० ले अगाडि बढेको थियो ।
निर्धारित समयको १५औँ मिनेटमा आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले तेस्रो गोल गरेका थिए । आर्सनलका लागि चौथो गोल २५औँ मिनेटमा काई ह्याभेर्जले थपेका थिए ।
यसैगरी निर्धारित समयको ३९औँ मिनेटमा डेल्कन राइसले पाँचौँ गोल गरेका थिए । खेलको ५८औँ मिनेटमा आर्सनलका लागि बेन ह्वाइटले छैटौँ तथा अन्तिम गोल गरेका थिए ।
हालसम्म २७ खेल खेलेको लिभरपुल ६३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समन खेल खेलेका म्यानचेस्टर सिटी ६२ अंकसहित दोस्रो र आर्सनल ६१ अंकसहित तेस्रो स्थानमा आसिन छन् ।
समान खेल खेलेको सेफिल्ड युनाइटेड भने १३ अंकसहित तालिकाको सबैभन्दा तल छ । हाल लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेसनको क्षेत्रमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा
-
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
-
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु