टेक्निसियनसँग विवाद : एलिनाले भनिन्–ममाथि गलत भयो

काठमाडौँ । गायिका एलिना चौहानले पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा साउन्ड टेक्निसियिनले आफूमाथि गलत गरेको बताएकी छन् । उनले रातोपाटीसँग कुरा गर्दै टेक्निसिनयनले आफ्नो गल्ती ढाक्न आफूमाथि खनिएको आरोप लगाइन् ।
‘पानी पर्यो भनेर भिज्छ भन्दै सुरु देखिनै मनिटर राखेको पनि थिएन । मनिटर नराखेपछि हामीले स्टेजमा केही सुन्दैनौ । त्यो अवस्थामा पनि मैले कम्परमाइज गरेर गाइरहेको थिए’, उनले भनिन् ‘मैले गीत गाएपनि अडियन्सबाट साउन्ड भएन भनेर धेरै आवाज आयो । मैले आज मलाई साउन्डले कट्टा हानेको छ के गर्नु । बिना साउन्ड पनि म गाउँछु भने ।’ म धोके बाज गायिका भएको भएर होला आज साउन्डले पनि धोका दियो भनेर आफूले भनेर मिलाउन खोजेको समेत उनले सुनाइन् ।
‘त्यतिकैमा बैनी तिम्रो त्यो घाटी क्लीयर गरेर आउँ भन्नु भयो’, उनले थपिन् ‘त्यसपछि मैले केही भनेको हो ।’ आफूले पहिला पहिले पनि कतै पनि मिलाउनुस् भनेको रहेछु र रिस पोखेको होकी भन्ने लागेको छ उनले अनुमान लगाइन् ।
‘मेरो अरु गायक गायिका जस्तो स्वर छैन । त्यसैले म कम्परमाइज गरेर गाउन सक्दिन । अन्य आयोजक रिसाउँछन् कि भन्ने डरले केही बोल्दैनन्’, उनले अगाडि भनिन् ‘,मेरो पश्चिमी भेगको अधिकांश ठाउँमा साउन्ड सिष्टममा कम्प्लेन भएको छ ।’ मलाई स्टेज पनि चाहिँदैन, साउन्डमा त कम्परमाइज नगर्नुस् भनेर समेत आफूले भन्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘राम्रो हुँदा म कसैलाई नराम्रो भन्दिन । स्याङ्जाको दुई तीन कार्यक्रममा पनि यही टेक्निसियनलाई यस्तै भनेको थिए । त्यही रिस पोखेको हो ।’
गीत गाउँदा गाउँदै अडियन्स तिरको बत्ती निभाउने, आफ्नो माइकको साउन्ड काट्ने लगायत क्रियाकलाप समेत गरेको एलिनाको आरोप छ ।
एलिनाको साउन्ड टेक्निसियनसँग विवाद पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा भएको हो । जसको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह