सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला
सोमबार, २१ फागुन २०८०, २२ : २१

विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
भारतमा प्रसाईंको दुई साता : ३ सहर घुमेर हिन्दुवादीको घरमा ‘सेल्टर’
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट