औषधि उत्पादन : लागतको आधा मात्रै खपत

काठमाडौँ । नेपालमा औषधिको उत्पादन लागतको ५० प्रतिशत मात्रै खपत हुने गरेको पाइएको छ । सोमबार राजधानीमा आयोजित ‘औषधि गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले लागतको ५० प्रतिशत मात्रै औषधि खपत भएको बताए ।
उनका अनुसार देशभर औषधि उत्पादनमा करिब ६५ अर्ब लगानी रहे पनि ३० अर्ब रुपैयाँ बराबरको खपत छ । यसले गर्दा औषधि उत्पादक उद्योगीहरू निरुत्साहित भएका छन्’ उनले भने । औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले आयात गर्नुपर्ने औषधि नगदमा खरिद गर्नुपर्ने तर उधारोमा बेच्नुपर्ने स्थित रहेको गुनासो गरे । उनले औषधि उद्योग बन्द हुने अवस्थामा पुगेकाले यसले नेपालको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे ।
नेपाल फर्मास्युटीकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले मानव स्वास्थ्यलाई असर पार्ने औषधिको नियमन गर्नुपर्ने सुझाए । उनले प्रदेश स्तरमा औषधिको गुणस्तर मापन गर्ने प्रयोगशाला अति आवश्यक रहेको समेत बताए ।
औषधिको गुणस्तर मापन गर्दा रिपोर्ट आउन समेत महिना दिन लाग्ने सुनाउँदै हाल भएका प्रयोगशालाको स्तर वृद्धि गर्नु पर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेनको डर देखाउँदै क्लस्टर बम प्रतिबन्धको सन्धिबाट पछि हट्यो लिथुआनिया
-
ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा
-
एमाले मोरङमा ढकाल टिमको अग्रता, संस्थापनलाई चुनौती
-
सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा
-
अरब देशको अगुवाइमा गाजा पुनःनिर्माणको प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
-
ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा