यूएईमा होली मिलन कार्यक्रम सम्पन्न

काठमाडौँ । मधेशी एकता समाज यूएईको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता श्रममन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यहाँ रहेको मधेशी समुदायको बिचमा रंग अबिर साटा साटा तथा एकअर्कासँग भेटघाटसहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
सो होली मिलन समारोहमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । त्यसका लागि नेपालबाट गएका गायक जागेशकुमार ठाकुर र नृत्यङ्गना निरुता साहले प्रस्तुति दिएका थिए । युएईमै रहेका गायक भोला पासवान, नृत्य कलाकार ईशा, शितल, पुनम, र अजित गोले लगायतले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा युएईमा भूउपग्रहको सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङमा कार्यरत इञ्जिनियर दीपककुमार यादव, न्यूयोर्क युनिभर्सिटी आबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा उद्योग सञ्चालन गर्दै आएका विनेश यादव, कविन्द्र यादव, गणेश पूर्वे र जीवछ साहलाई समाजले सम्मान गरेको मधेशी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा.रविन्द्रकुमार यादवले बताए ।
कार्यक्रममा एनआरएन कतारका अध्यक्ष रमेश भट्ट, एनआरएन यूएईका अध्यक्ष विकास शाही, नेपाल मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी, नेपाल दूतावास यूएईको उपमहामहिम विशाल भट्टराई, तृतीय सचिव विमलेश मिश्रलगायतको उपस्थिति थियो ।
श्रममन्त्री शरदसिंह भण्डारीले विदेशी भूमिमा रहेका सम्पूर्ण मधेशीलाई जोड्ने काम गरेकोमा मधेश एकता समाजको प्रशंसा गरे । उनले वैदेशिक रोजगारमा जान आवश्यक पर्ने सीप तथा पैसा सरकारले उपलब्ध गराउने कुरामा जोड दिने बताए । नेपालमा होली मार्च २५ मा भएपनि रमजानको महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले यही बिचमा होली मिलन समारोहको आयोजना गरिएको संयोजक डा.रविन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म