नयाँ सत्ता समीकरण
लोसपा ‘पर्ख र हेर’ को रणनीतिमा
सोमबार, २१ फागुन २०८०, १५ : ३४

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे ‘वेट एण्ड सी’ (पर्ख र हेर) को रणनीति लिने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले ‘पर्ख र हेर’ को रणनीति लिने निर्णय गरेको हो ।
पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले आफूहरु अहिले पक्ष वा विपक्षमा कतै जाने निर्णय नगरी वेट एण्ड सीको अवस्थामा रहेको बताए । सरकार र गठबन्धनका बारेमा थप केही निर्णय लिनुपरे पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।
अहिले बनेको गठबन्धनले लोसपासँग कुरा गर्न चाहेमा त्यसको अधिकार अध्यक्ष ठाकुरलाई दिने बैठकले निर्णय गरेको छ । यद्यपि तत्कालै गठबन्धन तथा सरकारमा जाने वा विपक्षमा बस्ने भन्ने विषयमा कुनै पनि निर्णय नभएको शुक्लाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा अझै कुप्रथाले जडा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)