निजामती सेवा विधेयकमा संसद सचिवालयले देख्यो ‘प्राविधिक त्रुटि’, सच्याएपछि मात्र दर्ता

काठमाडौँ । सरकारले संघीय संसद सचिवालयमा दर्ता गर्न लगेको संघीय निजामती विधेयकमा प्राविधिक त्रुटि देखिएको छ । विधेयकमा सैद्धान्तिक लगायतका प्राविधिक पक्ष मिलाउनुपर्ने देखिएकाले अहिलेसम्म सचिवालयले विधेयक दर्ता गरेको छैन ।
‘केही प्राविधिक कुरा मिलाएर आएपछि आजै वा भोलि दर्ता होला’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रातोपाटीसित भने । प्रस्तावित विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने, उनीहरुलाई संघले पठाउने र खटनपटन भने प्रदेशले नै गर्ने उल्लेख छ । १० वर्षपछि प्रदेशले व्यवस्थापन मिलाउने विधेयकमा उल्लेख छ ।
विधेयकमा निजामती सेवाका सबै पदलाई तहगत बनाइएको छ । यसअघि श्रेणी र तह गरी दुई पद रहेकोमा अब १४ तहसम्म रहने प्रावधान राखिएको छ । सहसचिवलाई ११ औं र १२ औं दुई तहको प्रस्ताव गरिएको छ । १३ औं तहको सचिव हुने र १४ तहको मुख्यसचिव हुने प्रस्ताव विधेयकमा छ । अब १२ औं तहमा पुगेको सहसचिव मात्र सचिव हुनेछन् ।
निजामती सेवाका कर्मचारीको जागिर अवधि ६० वर्ष उमेर हद हुने, महिलालाई छुट्याएको क्लस्टरअन्तर्गतको प्रतिशतभित्रबाट पनि खसआर्य, दलित, अपांग, विपन्न खसआर्य महिलालाई छुट्टै कोटा निर्धारण गर्नेलगायतका प्रावधान राखिएको छ । संघीय निजामती ऐनको अभावमा कर्मचारी समायोजनमा समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल