छालालाई चमक राख्न चाहनु हुन्छ ? दिनहुँ खानुस् यी तीन फल

काठमाडौँ । छालालाई सुन्दर बनाउन वा चमक कायम राख्न हामी महँगो भन्दा महँगो प्रडक्टमा पैसा खर्च गरिरहेका हुन्छौँ । महँगो स्क्रिन ट्रिटमेन्ट गराइरहेका छौँ । छालालाई सुन्दर बनाइराख्न सही खुराक पनि आवश्यक छ भन्ने कुरा हामीमध्ये कतिलाई याद छ ? आफ्नो खानपान ठिक गर्ने हो भने बिना कुनै क्रिम जा केमिकलको सहाराले छालाको चमक फिर्ता ल्याउन सकिन्छ ।
स्वस्थ्यबर्द्धक खानपान स्वस्थ छालाको कुञ्जी हो । शरीर र छालालाई स्वस्थ राख्न फल निकै उपयोगी साबित हुन सक्छ । छालालाई हाइड्रेट राख्न र स्वस्थ अनि जवान राखिराख्न पानीको मात्रा धेरै भएको फलको सेवन गर्नु पर्छ । फलफूलमा पर्याप्त मात्रामा भिटामिन्स, मिनरल्स र एन्टीअक्सिडेन्ट्स समेत कयौँ पोषक तत्त्व पाइन्छ । यसले छालालाई आवश्यक पोषण त दिन्छ नै जवान पनि बनाइराख्छ । आफ्नो भोजनमा केही फलफूल समावेश गरेर तपाईँले छालालाई सुन्दर र स्वस्थ बनाउन सक्नुहुन्छ ।
सुन्तला
सुन्तलामा भरपुर मात्रामा भिटामिन सी पाइन्छ । छालालाई स्वस्थ राख्न यो निकै जरुरी भिटामिन हो । भिटामिन सी कोलेजन सिन्थेसिसका लागि पनि जरुरी हुन्छ । यसले छालालाई कसिलो बनाउँछ र अनुहारमा चाउरी आउन दिँदैन । छालालाई लचिलो बनाइराख्न र जवान राख्न पनि यसले मद्दत गर्छ । भिटामिन सिले छालालाई ‘रिपेयर’ गर्ने काम पनि गर्छ । सुन्तलामा एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ । यसले छालामा हुने जलन र रेडनेस कम गर्न मद्दत गर्दछ ।
स्याउ
स्याउ पोषक तत्वको खजाना हो । यसमा फाइबर, भिटामिन ए, बी समेत कयौँ पोषक तत्त्व र एन्टीएक्सिडेन्ट हुन्छन् । यी सबैले शरीरमा फ्रि–रेडिकल्ससँग लड्छ । फ्रि रेडिकल्स शरीरमा एजिङ बढाउन जिम्मेदार हुन्छ । यसले कोशिकालाई हानी त गर्छ नै समय भन्दा अगावै बुढो पनि बनाइदिन्छ । यस्तोमा स्याउमा पाइने पोषक तत्वहरुले यी फ्रि–रेडिकल्ससँग लड्घ र हाम्रो छालाको सुरक्षा गर्छ ।
बेरीज
स्ट्रबेरीज, र्यास्पबेरीज, ब्लुबेरीज र गोजी बेरीज जस्ता फल एन्टिअक्सिडेन्ट्सका लागि चिनिएका फल हुन । यसले शरीरलाई फ्रि–र्याडिकल्सबाट बचाउँछ । यसले छालामा भएका मृत कोशिकाहरुलाई हटाएर छालाका प्वालहरू खोल्छ । जसका कारण छालालाई अक्सिजन लिन सजिलो हुन्छ । यसमा यस्तो खालको इन्जाइम पाइन्छ जसले बुढ्यौलीको प्रक्रियालाई सुस्त बनाइदिन्छ र अनुहारको चमक पनि बढाइदिन्छ । यसले नयाँ कोशिकालाई बढाएर छालाको बनावटमा सुधार ल्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल