‘राइट टु प्रोटिन रन’ चैत १० गते

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनले आगामी चैतमा ‘राइट टु प्रोटिन रन’ आयोजना गर्ने भएको छ । ‘राइट टु प्रोटिन रन’ चैत १० गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दौडको यो तेस्रो संस्करण हो ।
‘राइट टु प्रोटिन रन’ का क्रममा हाफ म्याराथनसहित विभिन्न विधाका दौड आयोजना गरिने आयोजकले जनाएको छ । दौड दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आएर टुंगिने छ । गत वर्षको म्याराथनमा पाँच हजार धावक सहभागी भएका थिए ।
गतवर्ष हाफ म्याराथनमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दीपक अधिकारी पहिलो भएका थिए । यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजारभन्दा बढी धावक सहभागी हुने अनुमान गरिएको जानकारी आयोजक समितिका अध्यक्ष डा.रामकृष्ण खतिवडाले दिए ।
यस वर्षको प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर दौड, महिला पाँच किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीका लागि पाँच किलोमिटर पुरुष दौड र १२ कक्षासम्मका विद्यार्थीका लागि तीन किलोमिटर महिला दौड समावेश गरिएको जानकारी आयोजक समितिका सचिव डा. शितलकाजी श्रेष्ठले दिए ।
यसैगरी प्रतियोगितामा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचेयर दौड पनि समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख १२ हजार पाँच सय रुपैयाँ रहेको छ । हाफ म्याराथनमा प्रथम हुने खेलाडीले एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छ ।
उक्त स्पर्धामा हाफ म्याराथनमा पाचौँ स्थानसम्म आउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । आफूले भाग लिएको विधामा दौड पुरा गर्ने सबै प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस वर्ष प्रतियोगितामा नेपाल दाना उद्योग संघ, संघअन्तगर्तका दाना उद्योगहरु र पशु सेवा विभाग सहयोगीको रुपमा रहेका छन् । प्रतियोगितामा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) रहेको छ । प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले दौड आयोजना गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति