राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरमा हेर्नुस्)

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । सङ्घीय संसद् नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका हुन् ।
रिक्त २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका हुन् । उनीहरू गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएका थिए । बाँकी एक जना सदस्यले भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र शपथ लिनेछन् ।
सोमबार शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा रहेका छन् ।
त्यसैगरी पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै