सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको आग्रह
काठमाडौँ । सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा सो को जानकारी उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।
देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि त्यस्तो सूचना दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माबाट जारी सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धि सर्पन, गौचरण, घाट आदि जग्गाहरू कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोग चलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरू बलजफती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको भए त्यस्तो जग्गाबारे सूचना वा प्रमाण उपलब्ध गराइदिन आग्रह गरेको हो ।
गृह मन्त्रालयले २०८० फागुन ९ गते सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा कसैले मिचेको भए सो को जानकारी दिन आग्रह गरेको थियो । प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत त्यसको प्रतिवेदन माग गरेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि सार्वजनिक सूचना जारी गर्दै विवरण माग गरेको हो ।
यदि कोही कसैसँग त्यस्तो विवरण भएमा सोझै कार्यालयमा वा इमेल ठेगाना ......मा उपलब्ध गराउन पनि प्रशासनले आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता