नयाँ गठबन्धन र सरकारबारे निर्णय गर्न जनमतको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता समीकरण र सरकारको बारेमा निर्णय गर्न डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पदाधिकारी बैठक बस्दैछ । नयाँ समीकरणमा जनमत पार्टी सहभागी हुने विषय हालसम्म टुङ्गो नलागेको सो पार्टीका उपाध्यक्ष अब्दुल खानले बताएका हुन् ।
उनले भने, ‘नयाँ गठबन्धनको साथमा जाने कि नजाने, नयाँ सरकारमा जाने कि नजाने बारेमा पार्टीमा छलफल गर्न बाँकी छ । उपलब्ध पदाधिकारीको बैठक बस्न लागेको छ त्यसबाट सबै छलफल हुन्छ ।’
जनमत पार्टीका अध्यक्ष डा. राउतले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेका थिए । गठबन्धनको तर्फबाट जनमतबाट हालसम्म कुनै छलफल नभएको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी बालुवाटारबाट निस्किँदै भनेका थिए, ‘आज बन्ने नयाँ मन्त्रीमण्डलमा उन्मुक्ति पार्टी सहभागी हुनेछैन, पार्टीमा छलफल गरेर मात्र निर्णय लिन्छौँ ।’ यता जसपाले पनि नयाँ समीकरणबारे कुनै निर्णय गरेको छैन । पार्टीको बैठक अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’