मेस्सीको फ्रि–किक प्रहार सानी बच्चीसँग ठोक्किएपछि ..

काठमाडौँ । पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेस्सीको एउटा फ्रि–किक प्रहार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ३६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् ।
मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामी र ओर्लान्डो सिटीबिच खेल थियो । उक्त खेलका क्रममा इन्टर मियामीले फ्रि–किक प्रहारको अवसर पाएको थियो । फ्लोरिडामा खेलिएको उक्त खेल हेर्न हजारौँको सँख्यामा समर्थक उपस्थित भएका थिए ।
खेलमा मेस्सीले दुई गोल गरिसकेका थिए । उनले निर्धारित समयको ५७औँ र ६२औँ मिनेटमा गोल गरेका थिए । त्यसैले मेस्सीले खेलमा ह्याट्रिक गर्ने सम्भावना थियो । त्यसैले इन्टर मियामीले फ्रि–किकको अवसर पाएपछि मेस्सीलाई नै फ्रि–किक प्रहारको अवसर दिइएको थियो ।
तर, विपक्षीको पेनाल्टी बक्सभन्दा केही बाहिरबाट मेस्सीले प्रहार गरेको फ्रि–किक गोल पोस्टभन्दा केही माथिबाट बाहिर हुइँकिएको थियो । तीव्र गतिमा हुइँकिएको त्यो बल स्टेडियममा अभिभावकसँग बसेर खेल हेरिरहेकी एउटी सानी बच्चीसँग ठोक्किएको थियो ।
मेस्सीले प्रहार गरेको बलले चोट लागेपछि ती बच्ची रुन थालेकी थिइन् । त्यसपछि ती बच्चीका अभिभावक आएर उनलाई फकाउन थाल्छन् । ती बच्चीका पिताले आफ्नी सानी छोरीलाई फकाउन भनेको शब्दहरू पनि निकै रोचक रहेको छ ।
‘तिमी ठिक छौ मेरी प्यारी ? मेस्सीले तिमीलाई हिर्काए । ओहो ! केही छैन,’ मेस्सीले प्रहार गरेको बलले चोट लागेर रनथनिएकी आफ्नी सानी छोरीलाई फकाउँदै उनका पिताले भनेका छन् । अहिले सामाजिक सञ्जालमा त्यो भिडियो निकै भाइरल भइरहेको छ ।
ओर्लान्डो सिटीविरुद्धको उक्त खेलमा इन्टर मियामी ५–० गोलले विजयी भएको थियो । उक्त खेलमा मेस्सीका अतिरिक्त लुइस स्वारेजले पनि दुई गोल गरेका थिए । स्वारेजले निर्धारित समयको चौथो र ११औँ मिनेटमा गोल गरेका थिए । अर्को एक गोल खेलको २९औँ मिनेटमा रोबर्ट टेलरले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा