गुजरातको लगातार चौथो हार
![गुजरातको लगातार चौथो हार](https://npcdn.ratopati.com/media/news/377063_tsJ1n4XarI.webp)
काठमाडौँ । वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार चौथो खेलमा हार बेहोरेको छ । आइतबार दिल्ली क्यापिटल्ससँग गुजरात २५ रनले पराजित भएको हो । अब गुजरातले प्रतियोगितामा टिक्नका लागि हरेक खेल जित्नुपर्नेछ । उसको ४ खेल बाँकी छ ।
बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा आइतबार भएको खेलमा गुजरात जायन्ट्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनायो । दिल्लीकी कप्तान मेग ल्यानिङले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । गुजरातका लागि मेघना सिंहले उत्कृष्ट बलिङ गर्दै चार विकेट पूरा गरिन्। मेघनाका अलावा एस्ले गार्डनरले दुई विकेट लिए । त्यस्तै तनुजा कंवर र मन्नत कश्यपले एक–एक विकेट लिए ।
जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । गुजरातको ब्याटिङ पूर्ण रुपमा असफल रह्यो । टोलीका लागि १५+ रन बनाउने एकमात्र ब्याट्सम्यान एस्ले गार्डनर थिइन् । उनले ४० रनको इनिङ खेलिन्। जेस जोनासेन र राधा यादवले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु