म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी
सोमबार, २१ फागुन २०८०, ०६ : ०८

म्यानचेस्टर । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ ।
खेलमा अग्रता युनाइटेडले लिएको थियो । मार्कस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा खेलको आठौँ मिनेटमा टोलीलाई अघि बढाए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।
५६ औँ मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए । ८० औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । इन्जुरी समयमा रोड्रीले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । युनाइटेड भने ४४ अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित छ । आइतबार राति भएका अन्य खेलमा बोर्नेमाउथले बर्नलीलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी