आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

आइतबार, २० फागुन २०८०, १७ : ०९
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।  

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप