पोखराबाट जुवातास खेल्ने ६ जना पक्राउ
आइतबार, २० फागुन २०८०, १७ : ०५

पोखरा । पोखराबाट जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।
सञ्चालक बस्नेतसहित पोखरा ८ सभागृह बस्ने ४० वर्षका रमेश शाह, भारतका ३५ वर्षीय उपेन्द्र चौधरी र २५ वर्षका मुकेश शाह पक्राउ परेका हुन् । यस्तै, ३४ वर्षका राकेश शर्मा, सप्तरीका २७ वर्षीय सुजित चौधरी पनि पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ३ बुक तास र १ लाख ४० हजार ४ सय ५० रुपैयाँ बरामद भएको बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूलाई ५ दिन म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव भेटियो
-
गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
-
तीन दिनभित्र केयूकाे उपकुलपति नियुक्त गर्न अल्टिमेटम
-
१० बजे १० समाचार : कुलमानले विभागीय मन्त्रीलाई गनेनन्, ठुलो संख्यामा सहसचिवको सरुवा
-
तीन विभागका महानिर्देशकको सरुवा, को कहाँ पुगे ?
-
दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि