बैंक वित्तीय क्षेत्रमाथिको अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए । उनले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे ।
गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे । उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताए ।
उनले भने,‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौँ । यो अराजकतालाई रोक्न सकेनौँ भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छै्रन । यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरू देखिएका छन् । बैंकिङ उद्योगलाई धराशायी बनाउन पाइयो भने अरू खालका राजनीति टाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ ।’
गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रीय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमितताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए । उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए । उनले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानुन अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैङ्कहरूसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए ।
गभर्नर अधिकारीले बैङ्कहरूको कोर पुँजी ८ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैङ्कहरू सुरक्षित रहेको बताए । उनले केही बैङ्कहरूलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए । उनले पछिल्लो समय बैङ्कहरूसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गरे । उनले बैङ्कहरूको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक