शालिन मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन
आइतबार, २० फागुन २०८०, १६ : १६
_Mo6L1zTgYQ.jpg)
काठमाडौँ । चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले अस्पताल र होस्टेलविरुद्ध नारा जुलुस गरेका थिए । उनीहरू जबरजस्ती अस्पताल छिर्न खोजेपछि केही समय प्रहरीसँग धकेलाधकेल पनि भएको थियो । केही प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको पोखरेल मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?