नापी सर्वेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए ।
आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ । त्यस्तै चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता