कर्णाली प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस
आइतबार, २० फागुन २०८०, १६ : ०८

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस भएको छ ।
शुक्रवार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१ ) बमोजिम फागुन ३० गते बुधवार दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट आह्वान हुन भने बाँकी छ ।
यसअघि प्रदेश सभाको दोस्रो अधिवेशन ३९ औँ बैठक बसेर असोज २२ गते अन्त्य गरिएको थियो ।
नेकपा एमालेले एक महिनाअघि नै संसद् खुलाउन माग गरेको थियो । यस्तै नेपाली कांग्रेसले पनि चाँडो संसद् बोलाउनुपर्ने कुरा राखिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात
-
शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
-
बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
क्यान्सरको उपचार गराइरहेका ४ वर्षीय बालकलाई समेत ट्रम्पले राखेनन् बाँकी
-
शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव–झलनाथ