विधेयक
निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै
आइतबार, २० फागुन २०८०, १५ : ०३

काठमाडौँ । निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले रातोपाटीलाई जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता हुने सम्भावना छ ।
‘प्रक्रिया चलिरहेको छ’ भट्टराइले भने । विधेयक २०७५ साल माघमा पहिलो पटक संसद्मा दर्ता भएको भएको थियो । २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो । तर, सो विधेयक प्रतिनिधि सभामा पेस भएपनि छलफल मै नआई निष्क्रिय भएको थियो । विधेयकले कर्मचारी समायोजनमा सहजता थप्ने विश्वास गरिएको छ ।
विधेयकमा निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव गरिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक अहिलेसम्म संसद सचिवालयमा दर्ता नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल