चालक मोबाइलमा क्रिकेट हेर्न व्यस्त भएपछि रेल दुर्घटना भएको खुलासा

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको विजय नगर जिल्लामा गत वर्ष अक्टोबर २९ मा दुई वटा रेल एकापसमा ठोक्किए । यो दुर्घटनामा करिब १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना मानवीय त्रुटिको कारण भएको हो भनेर त्यही बेला इष्ट कोष्ट रेल्वेले भनेको थियो । उक्त दुघर्टनाबारे अहिले नयाँ खुलासा भएको छ । दुई रेल एक आपसमा ठोक्किँदा एउटा रेलको लोको चालक र सहायक लोको चालक मोबाइलमा क्रिकेटको खेल हेरिरहेका थिए भनेर रेल मन्त्री अश्विनी वैष्णवले दाबी गरेका छन् ।
५० भन्दा बढी घाइते भएका थिए
अश्विनी वैष्णवका अनुसार त्यस दिन साँझ सात बजे आन्ध्र प्रदेशको विजियनगरम जिल्लाको कान्टाकापल्लीमा हावडा–चेन्नई रेलमार्गमा रायगडा यात्री रेलगाडीले विशाखापट्टनम पलासा रेललाई पछाडिबाट ठक्कर दिएको थियो । यस दुघर्टनामा १४ जनाको मृत्यु भएको थियो र ५० जनाभन्दा बढी घाइते भएका थिए ।
रेल मन्त्रीका अनुसार उक्त घटनामा लोको चालक र सह लोको चालक दुवैको ध्यान क्रिकेट खेलका कारण भड्किएको थियो । अब भने रेल्वेले चालकहरूको ध्यान भड्किएको पत्ता लगाउने प्रणालीको स्थापित गर्न खोजिरहेको बताइएको छ । उक्त दुघर्टनाको जाँच रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो घटनामा चालक दलको दुवै सदस्यको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ
-
भूमिकाको ‘छ कि छैन मञ्जुरी’ मा राज र सुनिशाको अभिनय
-
सालकको खपेटासहित चार जना पक्राउ
-
माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भेलाद्वारा ३० बुँदे प्रतिबद्धता पारित (पूर्णपाठ)
-
बंगलादेशले पाँच महिना नेपालबाट ४० मेगावाट बिजुली पाउने
-
तरुण दलको पूर्णकालीन सदस्यता वितरणको तालिका प्रभावित हुने सम्भावना