टीआरसी अघि बढाउन कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो साढे १ बजे मात्र सुरु भएको हो । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल गर्ने तयारी छ ।
विधेयकमा सहमति जुटाउन आजै आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान प्रमुख प्रतिपक्ष दल (नेकपा (एमाले)का नेता केपी शर्मा ओली। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन प्रधानमन्त्रीले नेताहरूसँग सहमति मागेका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीले विधेयक अघि बढाउने सहमति दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले सहमतिबाटै विधेयक अघि बढाउने सहमति भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म