अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएपछि भारतलाई फाइदा

काठमाडौँ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोली आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले आइतबार सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई एक सय ७२ रनले हराएपछि भारत अंक तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा खेलिएको पहिलो टेस्टमा अस्ट्रेलियासँग पराजित भएपछि न्युजिल्यान्ड भने टेस्ट च्याम्पियनसिपको दोस्रो स्थानमा झरेको छ । तालिकामा अस्ट्रेलिया तेस्रो स्थानमा आसिन छ । यसैगरी तालिकामा बंगलादेश चौथो, पाकिस्तान पाँचौँ, वेस्ट इन्डिज छैटौँ, दक्षिण अफ्रिका सातौँ, इङ्ल्यान्ड आठौँ र श्रीलंका नवौँ स्थानमा रहेका छन् ।
भ्रमणकारी टोली अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डलाई हराएसँगै दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । तीन सय ६९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको घरेलु टोली न्युजिल्यान्ड चौथो दिन आइतबार केवल एक सय ९६ रनमा अलआउट भएको थियो ।
पहिलो टेस्टमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा तीन सय ८३ रन बनाएको थियो । न्युजिल्यान्ड पहिलो पालीमा केवल एक सय ७९ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलिया आफ्नो दोस्रो पालीमा एक सय ६४ रनमा अलआउट भएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’
-
इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी