सुवारेज र मेस्सीको गोलमा मियामीको शानदार जीत
आइतबार, २० फागुन २०८०, १० : ३३

मियामी । लुइस सुवारेज र लियोनेल मेस्सीको दुई–दुई गोलको मद्दतले इन्टर मियामीले एमएलएसमा ओर्लान्डो सिटीमाथि शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा मियामी ५–० गोलले विजयी बनेको हो ।
पहिलो दुई खेलमा गोल गर्न चुकेका सुवारेजले खेलको चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । ११ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । २९ औँ मिनेटमा रव टेलरले तेस्रो गोल थपे ।
दोस्रो हाफमा मेस्सीले दुई गोल थप्दै टोलीलाई फराकिलो जीत दिलाए । तीन खेलपछि वेस्टर्न कन्फरेन्समा मियामी शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना